images

दोलखा वर्णित गित 'कालिन्चोकका डाँफे मुनाल'को बिमोचन


काठमाडौं । दोलखाका विभिन्न पर्यटकीय स्थलहरु समेटिएको गीत कालिन्चोकका डाफे मुनाल ‘ को अडियो भिडियो भर्खरै सार्बजनिक भएको छ। चर्चित  गायिका अस्मिता अधिकारी र  गायक नरहरी प्रेमीको आवाज तथा दोलखामा रहेर साहित्य सृर्जनामा सक्रिय पूर्व संचारकर्मी सुन्दर खड्काको रचनामा दोलखा वर्णित गित एक कार्यक्रमका विच सार्वजनिक भएको हो ।

गत शनिबार  राष्ट्रिय सभाका उपाध्यक्ष माननीय विमला घिमिरेद्वारा दोलखाको परिवेश समेटेर तयार गरिएको म्युजिक भिडियो कालिन्चोका डाँफे मुनालको विमोचन गर्नु भएको हो । सात मिनेटको म्युजिक भिडियोमा प्रेमकथा, नृत्य, अभिनय तथा दोलखाको महत्वपूर्ण पर्यटकीय स्थलको दृष्य समेटेको निर्माता तथा गीतकार सुन्दर खड्काले जानकारी दिनुभएको छ ।

 

राजधानीको बागबजारस्थित होटल हार्दिकमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृति पर्यटन तथा नागिरक उड्डयन मन्त्रालयका पूर्व मन्त्री आनन्द प्रसाद पोखरेल, राप्रपाका सहमहामन्त्री विजय खड्का, नेकपा एमाले दोलखाका उपसचिव हरि ओली, रास्वपाका जिल्ला कमिटी दोलखाका सचिव रमेश श्रेष्ठ, जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत रोन श्रेष्ठ, तथा  सङ्गीतकार एवं गायक नरहरि प्रेमीले गीतले दिन खोजेको सन्देशको बारेमा बताउनुभएको थियो ।


गितमा दोलखाका पुराना तर ओझेलमा परेका ठाउँहरु सुन्द्रावती झरना, चौघरा दरबारको महत्त्व झल्काउने शब्द संयोजन गरिएको छ । त्यसैगरी नयाँ गन्तव्यको रुपमा विकास हुदैं गरेका पर्यटकीय स्थलहरु जस्तै श्रीङ्गी ऋषिको गुफा भएको शुरुङ्गे, आन्तरिक पर्यटकलाई आकर्षण गर्ने भोर्ले झरना, शैलुङको सय थुम्का मिनिग्रेटवाल, गोल्मास्थान, दोलखाका शितलबस्ती, चर्चामा ल्याउन खोजिएको छ । मान्छेको जनजीविकामा जोडिएका दाइँ गर्ने प्रचलन, सिंगटीमा पाइने माछा चरिकोटबासीलाई कोसेलीकै रुपमा ल्याउने प्रचलनलाई गीतमा मायाप्रेमसँग जोडिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिएका गौरीशङ्कर हिमाल, तामाकोसी नदी, कालिञ्चोक, शैलुङ, हनुमन्ते, लगायतलाई वर्णन गरिएको छ। दोलखामै जन्मिएका चर्चित मोडेल सन्जिब ठकुरी र बबिता गुरुङले मोडलिङ गरेको उक्त गितको म्युजिक भिडियोलाइ अर्पण तामाङले निर्देशन गर्नु भएको हो भने सिनेमाटोग्राफी भीमसेन श्रेष्ठ र श्रीकृष्ण बस्नेतले गर्नू भएको छ  । 

गीतलाई दर्शक तथा स्रोताहरुले https://youtu.be/pt_Iw0riHMk  मार्फत युट्युब च्यानलबाट हेर्न सकिनेगरी राखिएको छ ।

सोमबार १४ असोज २०८१ ०५:५६ AM मा प्रकाशित

प्रतिक्रिया