images

मौसमपूर्वानुमान ः कोशी र बागमतीमामुसलधारे वर्षा

काठमाडौं । देशभर मनसुनीवायुको प्रभावले विभिन्न ठाउँमा पानी परिरहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिकप्रभाव नेपालमा परेको मौसमपूर्वानुमानमहाशाखाले जनाएको छ।अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमाआंशिकदेखि साधारणतया बदलीभएर केही स्थानमा वर्षा भइरहेको छ। केही स्थानमाभने मौसम सफा छ।
कोशीप्रदेश र बागमतीप्रदेशकाथोरै स्थानमा मेघ गर्जनसहितहल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमाहल्का वर्षा भइरहेको छ ।बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमाआंशिकदेखि साधारणतया बदली रहीबाँकीप्रदेशमाआंशिकबदलीदेखि मौसम सफा रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेश प्रदेशकाथोरै स्थानमातथाबाँकीप्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।बिहीबार दिउँसो कोशी र बागमतीप्रदेशका एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको छ। कोशीप्रदेशका तराई भू–भागकाथोरै स्थानमाहावा–हुरीसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।विभागले आगामी २४ घण्टामा कोशी र बागमतीप्रदेशका एक– दुई स्थानमाभारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कताअपनाउन अनुरोध गरेको छ । 
 

बिहीबार १७ असोज २०८१ ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया