images

प्रभावितक्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं । गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामाखोज तथा उद्दार र राहतउपलब्ध गराउनथप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् ।गृहसचिवगोकर्णमणि दुवाडीले आवश्यककार्यदेशसहितप्रभावितजिल्लामा आठ जना सह–सचिवबुधबार खटिएको जानकारी दिएका छन् ।बाढी–पहिरो प्रभावितजिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।गृह मन्त्रालयकाअनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाशपौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपालञ्चोकमाबासुदेव घिमिरे, सिन्धुलीमालालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमाश्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।
कार्यदललाई अतिभारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरुको तत्काल उद्धार तथा राहतकार्यमा समन्वय र सहजीकरण गर्ने, अतिभारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिकक्षतिको संक्षिप्तविवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझावदिने, क्षतिग्रस्त सडकहरुको शीघ्र मर्मत संम्भार गरी सञ्चालनमाल्याउन सडक निमार्ण गर्ने सम्बन्धितनिकायसँगआवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरुको सुरक्षितबसोबास तथा राहतउपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीयतहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ ।कार्यदलमाभौतिकपूर्वाधार तथायातायातमन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथासिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिलातथा स्थानीयविकास मन्त्रालयकाउपसचिवप्रतिनिधि रहने छन् । 
कार्यदललाई आगामीअसोज २१ गतेसम्म गृहमन्त्रालयमाप्रतिवेदन पेश गर्न समयावधीदिइएको छ ।साथै कार्यदलले दैनिक रुपमापनिप्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितीका बारेमा केन्द्रमाजानकारी समेत गराउने छ ।त्यसैगरी राष्ट्रिय विपद् जोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले पनिदशजनाशाखाअधिकृत प्रभावितजिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिवबसन्तअधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावितपालिकाहरुमा खटाइएको जानकारी दिए।उनले भने, ‘हामीले दशजनाअधिकतलाई बाढी÷पहिरो र डुबान प्रभावितजिल्लामा खटाएका छौं ।उहाँहरुले प्रभावितपालिकासित समन्वय र सम्र्पक गरेर नगद र वस्तु राहतवितरणमा सहजीकरण र फिल्डको अवस्थाकाबारेमा केन्द्रमाजानकारी गराउने लगायतकाकाम गर्नेछ ।’
 

बुधबार १६ असोज २०८१ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया