images

त्रिकोणात्मक टि–२०श्रृंखला ः ओमानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२०श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार रातिभएको खेलमानेपालले ५६ रनको जितहातपारेको हो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलवपाँचओभरमा १०१ रन जोड्दै अलआउट भयो ।ओमानकाजिसानमकसुदले ३५ र अकिबइलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा १५७ रन जोड्यो । कप्तान रोहितपौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमाओमानलाई ५६ रनले हराएको हो ।नेपालकाकुशलभुर्तेलले तीन, रोहितपौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन बनाएको थियो । नेपालको जितमाकप्तान रोहितपौडेलले ४४ बलमादुई चौका र चार छक्कासहित ५६ रनको योगदानदिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशलभुर्तेल ११ रनमा आउट भएकाथिए ।
 

बिहीबार १७ असोज २०८१ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया