images

बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौं । प्रत्येकवर्ष आश्विनशुक्लप्रतिपदादेखि सुरु हुने बडादसैँ सुरु भएको छ । आश्विनशुक्ल पूर्णिमासम्म १५ दिनधुमधामसँगमनाउने बडादसैँको पहिलो दिनआज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिकविधिपूर्वक शक्तिकी अधिष्ठात्री देवीदुर्गाको आह्वान गरी पूजाआरम्भ हुन्छ ।आजबिहानै नित्यकर्म समाप्त गरी नजिकको नदीवा चोखो स्थलबाट बालुवावा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथियवअर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यवअङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आजयव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकपहेँलो जमरा पनि ग्रहण गरिन्छ ।जमरामाजौँबाहेक अरू अन्न रोप्ने शास्त्रीयविधिनभएको धर्मशास्त्रविद् एवं नेपालपञ्चाङ्ग निर्णायकविकास समितिकापूर्वअध्यक्षप्रा। डा। रामचन्द्र गौतम बताउँछन् । कूल परम्पराअनुसार कसैले अन्यअन्नपनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिकऔषधिका रूपमा समेत प्रयोग गरिन्छ ।आजैको दिनविधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपादुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनिभन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीकादिनदुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।आजघटस्थापनाको साइतबिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ । 
 

बिहीबार १७ असोज २०८१ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया