images

निर्माण उद्योगको समस्या बारे मन्त्रीद्धय लेखक र चौरसियालाई ब्रिफिङ

साउन १६, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगमा देखिएका विविध समस्याबारे गृह मन्त्री तथा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीलाई अवगत गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले बुधवार गृह मन्त्री  रमेश लेखक र माननीय कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरसियालाई अलग अलग भेटी निर्माण उद्योगमा रहेका विविध समस्याहरू बारे अवगत गराएको हो । गृहमन्त्री समक्ष महासंघले निर्माण व्यवसायीहरू र निर्माण उपकरणको सुरक्षा, जिल्ला दररेट, नदीजन्य तथा खानीजन्य सामाग्रीको उत्खननमा देखिएको समस्या, चेक अनादर, ठेक्का तोडिँदा निर्माण व्यवसायीमाथि हुने ज्यादती लगायतका विषयमा ध्यानाकर्षण गराएको छ । जवाफमा गृहमन्त्री लेखकले सरकार र निर्माण व्यवसायी दुवै पक्ष आ—आफ्नो जिम्मेवारीबोध गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै महासंघले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री चौरसिया समक्ष केही नेपाल ऐन संशोधन लगायत पूर्ण निर्माण उद्योगमैत्री ऐन कानूनका लागि अनुरोध गरेको छ । जवाफमा मन्त्री चौरसियाले आफूले निर्माण व्यवसायीको पीडा बुझेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । महासंघ प्रतिनिधिमण्डलले माननीय मन्त्रीद्धयको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।

बुधबार १६ साउन २०८१ ०६:३७ PM मा प्रकाशित

प्रतिक्रिया