images

डलरको भाउ स्थिर, युरो घट्दा पाउण्डको मूल्य बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ ।
राष्ट्र बैंकका अनुसारसोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ ३६पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । 
यस्तै,युरो एककोखरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ २४ पैसा रहेको छ । आइतबार युरोको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो । 
आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१पैसा रहेको छ । आइतबार पाउण्डको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७पैसा रहेको थियो  । 
त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५६पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९६पैसा रहेको छ । 
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसामाकारोबार भैरहेको छ । 
 

सोमबार १० असार २०८१ ०९:५९ AM मा प्रकाशित

प्रतिक्रिया