images

घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व

काठमाडौं । पछिल्लो समय देशभर घरजग्गा कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ । विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको तथ्यांकमाउल्लेख छ।  बैंक तथावित्तीय संस्थाबाट घरजग्गामाजाने कर्जामा बृद्धि भएको पनि देखिएको छ । 
नेपाल राष्ट्र बैंकको अध्ययनले पछिल्लो समय घरजग्गाको कारोबार बढ्न थालेको देखाएको हो । कोशीप्रदेशको प्रादेशिकआर्थिक गतिविधिअध्ययनले घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको देखाएको छ। आर्थिक वर्ष  २०८०।८१ अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो ।
घरजग्गाको कारोबारमा बृद्धि भएसँगै मालपोत कार्यालयमा रजिष्ट्रेसन गर्नेको संख्यापनि बढेको हो । यसबापत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । 
यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलनभएको छ । तर अघिल्लो वर्षको सोहीअवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमीभई १ अर्ब ३ करोड रुपैयाँमात्रै राजस्व परिचालनभएको थियो ।
राष्ट्र बैंककाअनुसार रियल स्टेट  र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामाप्रवाह बढिरहेको छ । कुलकर्जा प्रवाहको १३ प्रतिशतकर्जा आवासियव्यक्तिगत घरकर्जा र अन्य घरजग्गामाप्रवाहभइरहेको छ।
चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुलकर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यसबाहेकका घरजग्गाकर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७लाख रुपैयाँ बराबरको प्रवाहभएको राष्ट्र बैंकको तथ्यांकमाउल्लेख छ ।

सोमबार १७ असार २०८१ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया