images

सेयर धितो कर्जामा सीमा हट्ने भएपछि ४४ अंकले बढ्यो नेप्से, हाइड्रोपावरमा उत्साह

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने बताएका थिए ।

सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहेपनि सेयर बजारमा लगानी गर्ने उदेश्यले आएका कम्पनीमा उक्त सीमा व्यवहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउन तयारीसँगै सेयर बजारमा हरियाली छाएको हो ।

साताको अन्तिम कारोबार दिन बिहिबार बजार परिसूचक नेप्से ४४.३४ अंकले वृद्धि हुँदा २०२९.७८ को विन्दुमा पुगेको छ । आइतबार ४२.१४ अंकको उच्च गिरावट भएको नेप्से सोमबार र मंगलबार भने बढेको थियो ।  मंगलबार १९८४.४३ को विन्दुमा बन्द भएको नेप्से बिहीबार २.२३ प्रतिशतले बढेर बन्द भएको हो ।

हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा बिहीबार नेप्से पनि बढेको हो । नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ५.३१ प्रतिशतले बढेको छ । यस्तै वित्त कम्पनी उपसूचक ४.३८ प्रतिशत र विकास बैंक उपसूचक ३.७७ प्रतिशतले वृद्धि भएको हो ।

बिहीबार ४ असोज २०८० ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया