images

पीएसजीको पुनरागमनजीत

काठमाडौं । पेरिस सेन्ट जर्मेइनपीएसजीले फ्रेन्च लिगवानमा अपराजितयात्राकायमै राखेको छ । शनिबार रातिभएको खेलमापीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको पुनरागमनजीतदर्ता गरेको हो । 
पीएसजीको जीतमाओस्मान डेम्बेलेले २ गोल गर्दा फाबियन रुइजले एक गोल थपे । ब्रेस्टका रोमियन डेल कास्टिलोले पेनाल्टीमार्फत २९ औं मिनेटमा अग्रतादिलाएकाथिए । ४२ औंमिनेटमा मार्को एसेन्सोका पासमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई बराबरीमाल्याएकाथिए । ७३ औं मिनटमा अचरफ हकिमीको पासमाफावियन रुइजले गोल गरेपछि पीएसजी २–१ ले अघि बढेको थियो । लगत्तै अर्कोमिनेटमा डेम्बेलेले गोल गरेपछि पीएसजीअन्ततः ३–१ को जीतनिकाल्दै जारी सिजनमा अपराजितयात्राकायमै राख्न सफलभयो । पीएसजीले ४ खेलबाट १२ अंक जोडेको छ । ब्रेस्ट भने समान खेलबाट ३ अंकका साथतालिकाको १२ औं स्थानमा छ । फ्रेन्चलिगकै अन्य खेलमा मोनाकोले एक्सुरेलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै, मार्सेले नाइसलाई २–०ले स्तब्धबनाएको छ ।
 

आइतबार​ ३० भदौ २०८१ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया