images

दक्षिण अफ्रिकामहिला टी–२० विश्वकपको फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिकालगातार महिला टी–२० विश्वकपक्रिकेट प्रतियोगिताको फाइनलमाप्रवेश गरेको छ। बिहीबार दुबईमा भएको खेलमा अस्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिकाफाइनलमाप्रवेश गरेको हो । अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेट गुमाउँदै १८ औं ओभरमा दोस्रो बलमा पुरा गर्यो । कप्तानलाउरा उल्भराड तथाअनाके बोस्कले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे । उमनअफ द म्याच घोषितबोस्कले अविजित रहँदै ४८ बलमा७४ रन जोडिन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १३४ रनको योगफल खडा गरेको थियो । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका लागि बेथ मोनीले ४२ बलमा ४४ र एलाइस पेरीले २३ बलमा ३१ रन जोडे । कसिलो बलिङ गरेका दक्षिण अफ्रिकाकाकारिजेन कापतथाआयाकबोङवाखाकाले ४ ओभरमा २४ रन मात्रखर्चिए। खाकाले २ तथाकापले १विकेट लिए। दक्षिण अफ्रिकाले उपाधिकालागि न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्ने छ । 
 

शुक्रबार​ २ कात्तिक २०८१ ०७:४१ AM मा प्रकाशित

प्रतिक्रिया