images

आज पनि मेघगर्जन, चट्याङ रहावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । आजको मौषमदेशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणाली समेतको प्रभावका कारण देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, रहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
जल तथा मौषम विज्ञान विभागका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । 
बेलुकी कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 
 

सोमबार ३० बैशाख २०८१ ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया