उद्धारका लागि नेपाल एयरलाइन्सको विमान इजरायल अवतरण

इजरायलमा रहेका नेपाली नागरिक लिन गएको नेपाल एयरलाइन्सको विमान तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् । विमान दुई घण्टा उक्त एयरपोर्टमा रहेर आज राति सवा ९ बजेतिर काठमाडौं अवतरण गर्ने बताइएको छ । बिहीबार करिब २५० जना नेपाली विद्यार्थी स्वदेश फर्कने तेलअभिभस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी पनि गएका छन् । युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुलाई अहिले विभानस्थलमा ल्याइएको हो । आक्रमणमा परी घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । मृतकको पनि शव ल्याउने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।