images

नेदरल्याण्ड्स र जर्मनीले अंक बाँडे

काठमाडौं । युइएफए नेसन्स लग फुटबलमा नेदरल्याण्ड्स र जर्मनीले अंक बाँडेका छन् । 
समूह ३ अन्तर्गतको दोस्रो चरणको खेलमा जर्मनी र नेदरल्याण्ड्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 
नेदरल्याण्ड्सले सुरुमै अग्रता लिए पनि त्यो जोगाउन असफल भयो । दोस्रो मिनेटमै टिजानी रिजेन्डर्सले रियान गार्भेनबर्गको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । 
३८ औं औं मिनेटमा जर्मनीका डेनिज उनडेभले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा उनडेभकै पासमा जोसु किमिचले गोल गरेपछि जर्मनीले पहिलो हाफको अन्त्यमा २–१ को अग्रता बनाउन सफल भयो ।
तर, ५० औं मिनेटमा नेदरल्याण्ड्सका डेनियल डमफेरिसले ब्रेन ब्रोबेइको पासमा गोल गर्दै २–२को बराबरी गर्न सफल भए ।
त्यसपछि दुवै टोलीबाट गोल नभएपछि एक एक अंक लिए । यही समूहमा रहेका हंगेरी र बोस्निया हर्जगोभिनाले पनि गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका छन् ।
सबै टिमले दुई दुई खेल खेल्दा जर्मनी र नेदरल्याण्ड्स समान ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । बोस्निया हर्ज गोभिना र हंगेरी एक एक अंकका साथ तालिकाको तेस्रो र चौथो स्थानमा रहेका छन् ।
०००
 

बुधबार २६ भदौ २०८१ ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया