images

नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमाचिनिनथालेको छ ः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्रीकेपीशर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशःअन्तर्राष्ट्रिय जगतमाचिनिनथालेको बताएका छन् । 
बुधबार राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवकाअवसरमा आयोजितकार्यक्रममाउनले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धिहासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमाकास्यपदकजित्नु एक कोशेढुङ्गा सावितभएको बताए। 
पलेसालाई दिइने६५ लाख पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै प्रधानमन्त्रीओलीले पुरस्कार घोषणा भएर प्राप्तनहुने रोग अब अन्त्यहुने स्पष्ट गरे ।
उनले भने, ‘मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु । हामीले नयाँनयाँ सफलता र कीर्तिमान (रेकर्ड) कायम गर्नुपर्छ । पुरानारेकर्डहरु तोड्दै जानुपर्छ । म सबै खेलाडीलाई भविष्यमाथप सफलतामिलोस् भन्ने शुभकामना दिन्छु ।हाम्रो अबको लक्ष्यजापानको ओलम्पिक खेल हुनुपर्छ । एसियन खेम लक्ष्य हुनुपर्छ । त्यसको तयारी राम्रोसँग होस् । त्यसअनुसारको तालिम र अभ्यास होस्  भन्न चाहान्छु ।’
उनले कुनै पनि खेलमाप्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबलबनाएर आँटका साथ खेलेमा जितहासिलहुने विश्वास व्यक्तगरे । 
यस्तै, खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमाचलाइनुपर्नेमा जोड दिँदै विधागतविकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागिकब्जाजमाइ राख्ने प्रवृत्तिउचितनहुने उनको भनाई छ । 
कार्यक्रममाप्रधानमन्त्रीओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्ठता हासिल गर्ने खेलाडीहरुलाई सम्मानवितरण गरिएको थियो ।
 

बुधबार २६ भदौ २०८१ ०५:४७ PM मा प्रकाशित

प्रतिक्रिया