नेपाली फिल्म  ‘घरज्वाइँ’ जापानको ओसाकामा प्रर्दशन हुँदैं

ओसाका, जापान। मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’को जापानको ओसाकामा प्रदर्शन हुने भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको मुख्य अभिनय रहेको फिल्म घरज्वाइँ यहि १४ अगस्टमा ओसाका सिटी मिनाटो सिभिक सेन्टरमा नेपाल मगर संघ जापान कान्साई क्षेत्रिय समितिले प्रर्दशनको जिम्मा पाएको मगर संघका पृथ्वी मगरले जानकारी दिनु भयो  ।

फिल्मले मन पराएकी युवतीलाई विवाह गर्न घरज्वाइँ बन्नुपर्ने बाध्यता र सामाजिक प्रतिष्ठाको चेपुवामा परेको एक मगर पात्रको कथा पर्दामा उर्तान खोजिएको छ । पूर्वी रुकुम आसपारमा खिचिएको फिल्म मगर संस्कृतिमा आधारित रहेको निर्माण टिमले जनाएको छ।

जनक घर्ती मगर निर्माता रहेको फिल्ममा दयाहाङ र मिरूनाका साथमा बुद्दि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा मगर, कविता आले मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन खबपु, शिला आले, अनु थापालगायत कलाकारहरूको पनि अभिनय छ। फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको र ओसाकामा रहेका नेपाली किराना पसल तथा रेष्टुरेन्टहरुबाट बिक्रि वितरण भैरहेको बताईएको छ ।