‘स्पाइडरम्यान’ अभिनेता टम हल्याण्डले एक वर्ष किन लिदैछन् विश्राम ?

काठमाडौँ - ‘स्पाइडरम्यान’ अभिनेता टम हल्याण्डले एक वर्षको लागि हलिउड अभिनयबाट विश्राम लिने भएका छन् । ‘एक्स्ट्रा’सँगको ताजा अन्तर्वार्तामा उनले एप्पल प्लसको क्राइम थ्रिलर सिरिज ‘द क्राउडेड रुम’ सकेपछि उनले अभिनयबाट विश्राम लिने खुलासा गरेका हुन् ।

यो शृंखलामा हल्याण्डले ड्यानी सुलिवानको भूमिका निर्वाह गरेका छन्, जो सन् १९७९ को गर्मीमा रकफेलर सेन्टरमा भएको गोलीकाण्डमा संलग्न भएको कारणले पक्राउ परेका थिए । यो टिभी शो बिली मिलिगनको वास्तविक अपराधमा आधारित छ, जो स्मरण शक्ति भुल्ने समस्याले ग्रसित थिए ।