नेपाली सांगिति ब्याण्ड जोन एण्ड दि लोकल्सले जापानको ओसाकामा प्रस्तुति दिदैं 

ओसाका, जापान । नेपाली युवाहरुमाझ चर्चित नेपाली सांगिति ब्याण्ड जोन एण्ड दि लोकल्सले जापानको ओसाकामा  आफ्नो सांगितिक लाईभ कन्सर्ट मार्फत प्रस्तुति दिने भएको छ । ओसाकामा अनन्त नेपालको आयोजनामा दाईदो बुंखा हलमा यही सेप्टेम्बर ८ तारिक आईतबार हुने आयोजक अनन्त नेपालका सदस्य बिराज राईले जानकारी दिनु भयो । 
ब्याण्डले भखरै युरोप, युकेको सांगितिक टुर सकेर जापानजका विभीन्न शहरहरु फुकुओका, ओसाका, टोकीयो, नागोया लगायतका स्थानमा ब्याण्डले प्रस्तुति दिने बताईएको छ । ब्यान्डका मुख्य भोकलिस्ट जोन चाम्लिङले चर्चित गितहरु हावा जस्तै, के गरौं, फर्किन्न होला, समयले लगायतका युवाहरुमा लोकप्रिय रहेका गितहरुको प्रस्तुतिदिने अनन्त नेपालका राईले जानकारी दिनु भयो ।

जापानमा रहेका नेपाली समुदायलाई विशुद्ध मनोरञ्जन दिने उद्दश्यले कार्यक्रम आयोजना गरिएको र जापानमा यस अघि भएका नेपाली समुदायका कार्यक्रममा नेपालीहरु बीच भैझगडा हुने गरेको तथ्यलाई ध्यानमा राखी यस पटक भने शुरक्षा व्यवस्था निकै नै व्यवस्थीत गरिने राईले जानकारी दिनु भयो ।

हाल सम्म कपल र अर्लिबर्ड टिकटहरु बिक्री भैसकेको र अब स्टाण्डप र भिआईपि टिकटहरुमात्र उपलब्ध रहेको पनि बताईएको छ ।

जोन एण्ड दि लोकल्स ब्याण्डका अलावा ओसाकाको नेपाली सांगितिक ब्याण्ड अनन्त नेपाल, गायक पारस श्रेष्ठको पनि जोडदार प्रस्तुति सहने बताइएको छ । कार्यक्रम सबै नेपााली मिलेर सौहार्द वातावरण सम्पन्न गर्न आयोजक समुहले अनुरोध पनि गरेको छ ।