images

कुलमान घिसिङमाथि ‘प्रतिशोधपूर्ण कारबाही’ गरिए आन्दोलनको चेतावनी

काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधालिएर प्रिमियमशुल्कनतिरेका उद्योगीहरुको बाँकीबक्यौताअसुल गर्न पहलकदमीलिइरहेको बेला नेपालविद्युतप्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङलाई कारबाही, पदमुक्तवाअन्यकुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमाउत्रिने चेतावनीदिएको छ । डेडिकेटेड र ट्रंकलाइन सुविधालिएर प्रिमियमशुल्कनतिरेका उद्योगीहरुको बाँकीबक्यौताअसुल गर्ने सम्बन्धमाविकसित घट्नाक्रमबारे आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै मोर्चाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनीदिएको हो । मोर्चाका केन्द्रीयअध्यक्ष डिल्लीमान तामाङ र महासचिवलिलाकुमार घलानद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विद्युतप्राधिकरणको उठ्न बाँकी रकमअसुल उपर गर्न पहलकदमीलिइरहेका कार्यकारी निर्देशक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्तवाअन्यकुनै प्रक्रिया अगाडि बढाएको खण्डा हाम्रो मोर्चा आन्दोलनमाउत्रिने चेतावनीदिन चाहन्छ ।’ कार्यकारी निर्देशक घिसिङले मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्तगर्दै विद्युतनिर्यातबाट वैदेशिकमुद्राआर्जन, विद्युतमहशुलनतिर्ने उद्योगको झण्डै २२ अर्ब वक्यौता रकम असुलीको लागिचट्टानझैँ उभिएको स्मरण गर्दै मोर्चाले भनेको छ, ‘कार्यकारी निर्देशक घिसिङको ऐतिहासिक योगदालाई अवमूल्यनहुनेगरी कुनै पनि निर्णय नगर्नका लागिहाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउन चाहन्छ ।’ साथै मोर्चाले प्राधिकरणको तिर्न बाँकीबक्यौताउद्योगीहरुले नतिरेसम्म विद्युतउपभोग गरिरहेका आमनागरिकले समेत कुनै पनिबक्यौतानतिरीकनआफूहरुको आन्दोलनमा ऐक्वेबद्धता जनाइदिनकालागिअपिल समेत गरेको छ ।
 

मङ्गलबार २२ साउन २०८१ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया