दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न, क-कस्ले पाए अवार्ड ?

दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न, क-कस्ले पाए अवार्ड ?
 

काठमाडौँ । नेपालकै सर्वाधिक बिधामा बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न भएको छ । चलचित्र बिकास बोर्ड चाबहिल, काठमाडौँमा शनिबार ६९ बिधामा ९३ जनालाई अवार्ड वितरण गरिएको हो । पुर्व युवा तथा खेलकुदमन्त्री एंव संघिय सांसद हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी, कलाकार, साहित्यकार गरी २७ जनालाई सम्मान प्रदान गरिएको थियो । पुर्वमन्त्री तामाङले कलाकारहरुको पेशालाई अझ हौसला बढाउन आयोजना गरेको अवार्ड कार्यक्रम प्रशंसानीय रहेको र आगामी दिनमा पनि निरन्तरताको शुभकामना दिए । त्यसैगरी वरिष्ठ कलाकार लय संग्रौलाले त्यसैगरी युवा नेता अबिरल जिम्बाले फरक प्रसंगमा नेताहरुलाई पनि अवार्ड प्रदान गर्न व्यंग्यात्मक ढंगले आयोजकलाई आग्रह गरे ।

जिम्बाले नेताहरुलाई अवार्ड प्रदान गरे राम्रो काम गर्ने जांगर आउने र अवार्ड पाउनको लागि भनेपनी राम्रो काम गर्ने बताए । युवा नेत्री संगीता तामाङले पुर्वदेखी पश्चिमसम्मका कलाकारहरु समेटिनुले अवार्ड कार्यक्रम निकै समाबेशी देखिएको बताइन । अवार्ड कार्यक्रका संयोजक एंव बिरिसु मिडिया प्रा.लिका निर्देशक सुस्मिता स्याङ्तानको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा झरना कला केन्द्रका कलाकारहरुले स्वागत डान्स राखेका थिए । अवार्ड कार्यक्रममा सहभागी नोमिनिजहरुको टप ५ भिडियो सार्वजानिक गरेपछी अवार्ड वितरण गरेका थिए । अवार्ड वितरणसँगै ३० जनालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो भने हलमा कुनै पनि सिट खाली थिएनन । कार्यक्रममा सभाप्ती एंव बिरिसु मिडिया प्रा।लिका अध्यक्ष विवेक लोप्चनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरुप्रती धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको सञ्चालन भने टम्पशेर राइले सञ्चालन गरे । कोको भए सम्मानित ? कार्यक्रममा साहित्यकारद्धय अमर बान्तु र शीतल कादम्बिनी गुरुङ्गलाई साहित्य सम्मान, पत्रकार एंव हास्य कलाकार एम जि तामाङ (माधव घले)लाई “बिरिसु सञ्चार तथा कला सम्मान -२०८०”, संगीतकार आर बि सिङ्दान र गायक ताराबिर पाण्डेलाई “बिरिसु दशक प्रतिभा सम्मान”, गायिका मन्जु थापा, अशोक धिताल, बासुरीबादक सम्पुर्ण लामा, गायक एंव संगीतकार आरबी लामा, गायक / सर्जक बैरागी मोक्तान, गायक उत्सव सुब्बा लामा, बिएफएक्स आर्टिस्ट अच्युत बजगाइ, समाजसेवी तथा निर्माता लिला डाँगी, निर्देशक निरेन श्रेष्ठ, कलाकार / निर्माता साबित्री बज्राचार्य, नायक / लेखक रितुराज पाखृन, निर्माता दिमेश श्रेष्ठ, गायक रमेश पाठक, भिडियो सम्पादक भुपेन्द्र अधिकारी, रंग सम्पादक रेनिश फागो, मोडल आरम्भ तामाङ र गायक बिक्रम लामालाई कला सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी गीता अधिकारीलाई रंग पत्रकारिता सम्मान, दावा लामा र धन बहादुर परियारलाई समाजसेवी सम्मान, वरिष्ठ गायक / संगीतकार भोजराज भट्टलाई “बिरिसु विशेष व्यक्तित्व सम्मान- २०८०”, सञ्चारकर्मी शरण हुमागाइलाई सर्वज्ञ सम्मान प्रदान गरिएको थियो ।

अवार्ड समारोहका जुरीहरु गायक एंव संगीतकार, तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, विश्व किर्तिमानी लक्षु प्रकाश मल्ल, ध्वनी सम्पादक मनोज डंगोल, चलचित्र निर्देशक अमर ओली र वरिष्ठ गीतकार मिनसागर लामालाई जुरी प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी मिडिया पार्ट्नरका रुपमा काभ्रे प्रवाह साप्ताहिकका नवराज हुमागाईंलाइ पनि सम्मान गरिएको थियो ककस्ले पाए त अवार्ड ? सर्वोत्कृष्ट आधुनिक गीतकार- सुशिल श्रेष्ठ – मायाको फुल, सर्वोत्कृष्ट लोक दोहोरी गायक- यमन खनाल – तारा जुनले, सर्वोत्कृष्ट लोक दोहोरी गायक (जुरी अवार्ड)- भिम चापागाइ – अरे हो काइली, सर्वोत्कृष्ट सेलो मोडल – छिरिङ लामा – डम डम डम, सर्वोत्कृष्ट सेलो मोडल(जुरी अवार्ड) मनिश तामाङ – विदेश गएको मेरो दिदी, सर्वोत्कृष्ट लोक दोहोरी गायिका- सिता परियार – बलेवामा घर छ,सर्वोत्कृष्ट लोक दोहोरी गायिका जुरी अवार्ड – मन माया प्रजापती हमाल – पिपलुको पात, सर्वोत्कृष्ट तामाङ आधुनिक गायक-रमित लामा – एदा सेम्ला गोर्गी ताम,सर्वोत्कृष्ट दोहोरी नव गायिका-सवित्री श्रेष्ठ – पवित्र मायामा, सर्वोत्कृष्ट तामाङ सेलो गायक- जीवन बम्जन – खुकुरी हैन कर्दको, सर्वोत्कृष्ट तामाङ सेलो गायक (जुरी अवार्ड) योगेश लामा – हेर हेर मैच्याङ, चित्र बहादुर तामाङ -गैरी त गाउँमा मामा घर (पब्लिक चोइस अवार्ड), सर्वोत्कृष्ट म्हेन्दो माया गायिका-शान्ति माम्बा – वर्मा चेत्की, सर्वोत्कृष्ट म्हेन्दोमाया गायक विश्व बहादुर तामाङ – कुन्दुलुङ स्योङ, सर्वोत्कृष्ट म्हेन्दोमाया गायक (जुरी अवार्ड) रोम बहादुर लामा – सुपारी दाना, सर्वोत्कृष्ट म्हेन्दोमाया गायक पब्लिक चोइस अवार्ड- अजय लोप्चन – बुलेट बाइक, सर्वोत्कृष्ट तामाङ सेलो नव गायक- विमल स्याङतान – बैंसको मात, सर्वोत्कृष्ट तामाङ सेलो नव गायक (जुरी अवार्ड) छिरिङ ग्याबा – सोलुको आइराक, सर्वोत्कृष्ट तामाङ सेलो नव गायक (बेस्ट ब्रेकथ्रू गायक) निशान बम्जन – अल्लारे च्याङ्बा, सर्वोत्कृष्ट तामाङ सेलो नव गायक (पब्लिक चोइस) बुद्ध लामा (च्याङ) – ब्योन ल्हाना, सर्वोत्कृष्ट आधुनिक गायक- बुद्ध मोक्तान – मेरो बाबा आमा, सर्वोत्कृष्ट आधुनिक गायक