images

बाग्मति निर्माण व्यववसायी महासंघको तेस्रो साधारण सभा सम्पन्न 

काठमाडौं । बाग्मती निर्माण व्यवसायी  महसंघको तेस्रो साधारण सभा असोज ६ गते सम्पन्न भएको छ । सो साधरण सभाको सभापतिको रुपमा बाग्मती निर्माण व्यवसायी महासंघका अध्यक्ष सुबित श्रेष्ठले गरेका थिए । उक्त साधारण सभाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पानसमा बत्ति प्रचोलन गरि उद्घाटन गरेका थिए । विशेष अतिथिको रुपमा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्षहरु, अतिथिको रुपमा महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु र विभिन्न जिल्लाका जिल्ला अध्यक्षको सहभागिता रहेको थियो । उक्त साधारण सभा ललितपुरको गोदावरी ग्राण्ड सिलौटा रिर्सोटमा सम्पन्न भएको थियो । उक्त साधारण सभामा बोल्दै प्रमुख अतिथि रवि सिंहले नेपाल निर्माण व्यवसायीले गरेको आन्दोलन प्रति नेपाल सरकार मौन रहेको र असोज भित्र आन्दोलनको सम्बोधन नभएमा निर्णायक आन्दोलन गर्ने समेत उद्घोष गरेको छन् । 


सो साधारण सभामा विभिन्न जिल्लाका अध्यक्षहरुले आफ्नो क्षेत्रमा भएका समस्याहरु राखेको थिए । निर्माण व्यवसायीले गरेको आन्दोलनबाट हालसम्म पनि कुनै समस्या समाधान नभएको व्यवसायीहरुको गुनासो रहेको थियो । आगामी दिनमा बाग्मती निर्माण व्यवसायीहरुले आफ्नो क्षेत्रमा भएका समस्याहरु समाधान गर्न तयार रहेको बाग्मती निर्माण व्यवसायी महासंघका अध्यक्षको प्रतिबद्धता जनाएका थिए ।
 

आइतबार​ १४ असोज २०८० ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया