images

भेनेजुएलाको राष्ट्रपतिमा मादुरो विजयी पछि विरोध प्रदर्शन थपचर्कियो

काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन थपचर्किएको छ । प्रदर्शनमाअहिलेसम्म ११ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।
विपक्षीनेताहरुले नतिजाधाँधलीभएको आरोप लगाएपछि जनता सडकमा उत्रिएका छन् । सीएनएनकाअनुसार हजारौं भीडले देशकाविभिन्नभागमाविरोध प्रदर्शन गरिरहेका छन् । धेरै ठाउँमा आगजनी समेत भएको छ । राजधानी काराकसस्थित राष्ट्रपति भवनमाहजारौं मानिस पुगेका छन् ।
केहीप्रदर्शनकारीले राष्ट्रपति भवनतर्फ जानखोज्दाप्रहरीले रबरको गोलीप्रहार गर्नुका साथै प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो । राजधानीबाट ४०० किलोमिटर टाढा रहेको कुमानामा रहेको मदुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालयलाई धेरैले कब्जा गर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफलबनाएको छ ।
 

बुधबार १६ साउन २०८१ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया