नेपालगन्ज । नेपालीकांग्रेसका नेताएनपी साउदले पार्टीलाई दोषारोपण र व्यक्तिवादी संस्कृतिबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमाआयोजना गरेको कार्यकर्ता भेटघाट तथाअन्तरक्रियाकार्यक्रम सम्बोधनगर्दै उनले अरुमाथिऔँला ठड्याउने संस्कृतिले पार्टी बलियो हुननसक्ने बताए ।
‘दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट पार्टीलाई मुक्त गरौँ । फलानोको कारणले भयो, फलानोको कारणले भएनभन्ने ठाउँ छैन,’ नेता साउदले भने, ‘अर्कातिर औंला ठड्याउने संस्कृतिले पार्टी मजबुतहुन सक्दैन ।’
उनले पार्टीलाई मजबुतबनाउन सबै नेताहरु व्यक्तिगत आकांक्षाबाट मुक्तहुनुपर्नेबताए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, ‘पार्टी मजबुतबनाउनव्यक्तिगत आकांक्षाबाट पार्टीका सबै नेताहरुले आफूलाई बाहेक राख्नुपर्छ ।’
पार्टीको साझा सिद्धान्त बोकेर पार्टीलाई मजबुतबनाउन सकिने र आगामीनिर्वाचनमा कसैसँग चुनावीतालमेल नगरेरै जित्न सकिने उनको भनाइथियो ।
पार्टीको साझा सिद्धान्तलाई बोकेर, पार्टीका साथीहरुको साझाभावनालाई बोकेर पूर्वपश्चिमहामीले मार्च गर्न सक्यौैैँ भने ८४ मा पार्टीलाई बलियो रुपमा स्थापित गर्न सक्छौँ,’ साउदले भने, ‘गठबन्धन नगरेरै जित्न सक्ने अवस्थामापुग्न सक्छौँ ।’
अन्तरक्रियाकार्यक्रममाकांग्रेस नेतृ डा.डिला संग्रौलाले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाइन् । अहिले संघीयता बलियो बनाउने र नबनाउनेका बीच संघर्ष देखिएको उनको भनाइथियो ।
‘आजको लडाई संघीयतालाई बलियो बनाउने कि नबनाउने भन्ने बीच छ । बलियो बनाउने पक्षमाकांग्रेस उभिएको छ ।अन्यदललाई पनिहामीले सहकार्य गरेका छौँं,’ उनले भने, ‘नबनाउने पक्षमा सर्वसत्तावादको बाटोमा विधि, ऐन र कानुनमिच्ने बाटोमा अहिलेको सरकार लागेको छ ।’
संग्रौलाले मुलुकमा समृद्धि र विकास दिने संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकसित र संस्थागतगर्दै लैजाने पद्धतिमा कांग्रेस उभिएको बताइन् ।
उनले कांग्रेसले निर्वाचनजितेका स्थानीयतहमाजनताका सवाल र जनजीविकालाई जोड्नु पर्नेमा जोड दिइन् ।
‘हामीप्रदेश र संघमा प्रतिपक्षमा छौँ । जहाँ स्थानीयतहमाजित्नुभएको छ त्यहाँजनताका सवालजनजीविकालाई जोड्नै पर्छ,’ संग्रौलाले भनिन्, ‘त्यो अबको आवश्यकताहो ।’
प्रतिक्रिया