चौंथो बेनी एफसी फुटसल प्रतियोगीता हुदैं 

ओसाका, जापान । स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराकासाथ विगत चार वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा संचालन गर्दै आइरहेको  चौंथो बेनी एफसी फुटसल प्रतियोगीता २०२४ टुर्नामेन्ट जुन १ तारीकका दिन हुने भएको छ ।

प्रथम पुरस्कार चार लाख पचास हजार जापानीयन रहेको छ भने उपविजेताले २ लाख पच्चिसहजार तथा बेस्ट प्लेयर, बेस्ट किपर, हाइस्कोरर र फेयर प्लेटीम लगाएतलाई आकर्षक पुरस्कार रहेको बेनी एफसीका म्यानेजर मनोज बाँनियाले जानकारी दिनु भयो ।

खेलमा यस पटक पनि जापान स्थित करिब २५ वटा नेपाली फुटबल क्लबहरुको सहभागिता रहने बाँनियाले बताउनु भयो ।

खेल संचालनको लागि टाईसिट समेत सार्वजनिक गरिसकेको म्यानेजर बानियाँले बताउनु भयो ।