images

गढीमाइ नगर प्रमुखको बदमासी, नदीजन्यपदार्थको राजश्वआफ्नै खल्तीमा

रौतहट । रौतहटको गढीमाई नगरपालिकामावागमतीनदीको नदीजन्यपदार्थ उत्खन्नबाट संकलित राजश्वअनियमितताभएको रहस्यखुलेको छ । 
गढीमाई नगरपालिकाको नगर प्रमुखश्याम प्रसाद यादवको निर्देशनमाप्रमुखप्रशासकीयअधिकृत श्रीदेव यादवले वागमती नदीबाट नदीजन्यपदार्थको उत्खनन गर्न ठेक्काबन्दोबस्तमिलाउँदा राजश्वको रकमअनियमितता गरेको प्रमाण फेला परेको हो ।
बागमतीनदीमा मापदण्ड विपरित नदीजन्यपदार्थ उत्खननभइरहेको गुनासो आएपछि हालैमात्रजिल्लाअनुगमन समितिले स्थलगतनिरीक्षण गर्दै पालिकाबाट यस सम्वन्धीआवश्यककागजपत्र नियन्त्रणमा लिएको थियो । 
गढीमाई नगरपालिकाको समनपुर र हरैयाघाटबाट गरी दुई भागमाहुने गरेको ठेक्काको पुलदेखिउत्तर पृथ्वीनिर्माण सेवाहर्दिया–४ ले एक करोड पाँचलाखमा र पुलदेखि दक्षिण सुमितनिर्माण सेवाले ९५ लाख रूपैयाँमा सकार गरेको हो । तर ठेक्का सकार गरेको पृथ्वीनिर्माण सेवाप्रालीले पालिकामा राजश्वदाखिलानगरी नदीजन्यपदार्थ मापदण्ड विपरित उत्खनन गरेको पाइएको छ ।
ठेक्का सकार गरेको कम्पनीले नगद रकमउपलब्ध गराएको स्रोतबाट बुझिएको छ । नगर प्रमुखयादवलाई नगद २० लाख र प्रमुखप्रशासकीयअधिकृत यादवलाई पाँचलाख रुपैयाँनगदउपलब्ध गराइएको स्रोतले दाबी गरेको छ । 
कम्पनीले पहिलो चरणमा ३० प्रतिशत रकमनगरपालिकाको खातामाजम्मा गरेपछि मात्रै पट्टादिने प्रावधान रहेको छ । तर निर्माण कम्पनीले पालिकाको खातामा राजश्वजम्मानगरी उत्खननगर्न इजाजतपत्रपाएकोप्रति स्थानीयले आशंका गरेका छन् । 
विगतकावर्षभन्दानिक्कै कममापालिकाले ठेक्कालगाएपनि ठेक्का सकार कम्पनीले भने मापदण्ड बिपरित नदीजन्यपदार्थ उत्खनन् गर्दै दोहन गरेको स्थानीयको आरोप छ ।
स्थानीयबासीले दिएको जानकारी अनुसार पुलउत्तरमा चारवटा स्काभेटर र  दक्षिणतर्फ पनि सोही संख्यामा स्काभेटरको प्रयोग गरी नदीजन्यपदार्थ उत्खनन् भई रहेको हो ।
वातावरणीय परीक्षण प्रतिवेदनमातोकिएको मापदण्ड अनुुसार एक मिटर गहिराइसम्म दैनिकतीनसय घनमिटर उत्खनन गर्न भनिएपनितीनदेखि पाँच मिटरसम्म गहिरो खाडल बनाइनदीजन्यपदार्थको चरम उत्खनन, दोहनगर्दै ओसारपोसार हुने गरेको स्थानीयअगुवाहरु बताउँछन् ।
नगरपालिकाको नगर प्रमुख र प्रमुखप्रशासकीयअधिकृतको कारण पालिकाको राजश्व समेत प्रभावितभएको उनीहरुको आरोप छ । २०८० फागुन २९ गते नगरपालिकालाई निर्माण कम्पनीले साढे दशलाख र सात लाख ५१ हजारको दुई वटा राष्ट्रिय वाणिज्य बैंक चन्द्रपुर शाखाको चेक दिएको देखिन्छ ।
तर उक्तचेकनगरपालिकाको खातामाअहिलेसम्म जम्माभएको छैन । फागुनमहिनामादिइएको चेकअहिलेसम्म बैंकमाजम्मानगर्नु तथाबाउन्स नगर्नुले मिलोमतोका आशंका गर्न सकिने स्थानीयको दावी छ । 
तर नगरपालिकाको प्रमुखप्रशासकीयअधिकृत श्रीदेव यादवले ठेक्कालागेको रकममध्ये ९० प्रतिशत रकमनिर्माण कम्पनीले जम्मा गराइसकेको दाबीगरे । रौतहटका प्रमुखजिल्लाअधिकारी हिरालाल रेग्मीले यस बिषयमाजनगुनासो आएपछि आवश्यककागजपत्र नियन्त्रणमा लिएको बताए । 
उनले पालिकाको कागजपत्रअध्ययनगर्दा नगरपालिकालाई बुझाउनुपर्ने राजस्व समेत नबुझाई नदीमा दोहनकार्य भइरहेको पाइएको उल्लेख गरे । विगतमापनिनगरपालिकालाई ठूलो आर्थिक नोक्सानी पुर्याउननगरप्रमुखयादव र प्रमुखप्रशासकीयअधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानआयोगले कसुर अनुसारको कारवाही गर्नुपर्ने माग गरिएको छ ।

शुक्रबार​ १७ जेठ २०८१ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया