images

ओरालो लाग्यो सेयर बजार, आज पाँच अर्ब २९ करोडको भयो कारोबार 

काठमाडौं । साताको चौथो कारोबार दिन लगातार तीन दिन बढेको सेयर बजार मापक नेप्से परिसूचक आज२१.६७ अंकले घटेको छ । 
बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ । 
१३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचकको मात्र आर कारोबार बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घट्यो । 
बुधबार साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ ।
मंगलबार नेप्से परिसूचकमा सुधार आएपनि बुधबार भने कारोबार घटेको छ । हिजो परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) पुग्दा सेयर बजारमा पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । 
 

बुधबार १७ माघ २०८० ०६:४५ PM मा प्रकाशित

प्रतिक्रिया