images

दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समिति ९संयुक्त० बैठक बस्न लागेको हो । समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचनाहरु खोली वितरण र छलफल गरिने तथा  प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र  प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गरिने छ । साथै  सर्वौच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ प्रारम्भ गरिने विषयमा छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
 

सोमबार १४ असोज २०८१ १०:४२ AM मा प्रकाशित

प्रतिक्रिया