images

तत्कालउद्धार, राहत र पुनर्स्थापनामा सहयोग पु¥याउनआइएनजिओलाई मन्त्री सुडीको निर्देशन

काठमाडौं। महिला, बालबालिकातथाज्येष्ठनागरिक मन्त्रीतथा समाजकल्याण परिषद्का अध्यक्षनवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाटभएको मानवीयतथाभौतिकक्षतिको उद्धार तथा राहतकार्यमा लाग्नअन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई निर्देशनदिएकाछन् । आइतबार समाजकल्याण परिषद्का अध्यक्ष समेत रहनुभएकामन्त्री सुडीले परिषद्माआकस्मिक बैठकको आयोजना गरी उक्तनिर्देशनदिएकाहुन्  । त्यस अवसरमा मन्त्री सुडीले नेपालमापछिल्लो केही समय कल्पनानगरिएको विपद्को सामना गर्नुपरेकोबताए। विगतमाबाढीनआउने क्षेत्रमाअहिले बाढीपहिरोको समस्याआइरहेको भन्दै उनलेयसपटककाठमाडौँले समेत ठुलो बाढीको सामना गर्नुपरेको बताए ।उनले भने,’हामीविगत ६० वर्षदेखि यताआवतजावतगर्ने गरेका छौँ तर, यसपटकनिकै विकरालअवस्था देखिएको छ । यसपटकधनजनको क्षतिठुलो मात्रामाभएको छ । क्षतिको पूर्ण विवरणआउनबाँकी छ । सरकारले अहिलेसम्म सकेको प्रयासहरू गर्दै आएको छ । नेपाली सेना, प्रहरी, जनपथले निकै सक्रियभएर उद्धार तथा राहतको कार्यमा लाग्नुभएको छ । आजको दुर्भाग्यपूर्ण अवस्थामातपाईँहरू सबैलाई उद्धार तथा राहतमालाग्नआग्रहगर्दछु ।’जिल्लामाविपद् व्यवस्थापनको जिम्मेवारी जिल्लाप्रशासनलाई दिइएकोले उनीहरूमार्फत नै डुप्लिकेशननहुने गरी योगदान गर्न उनले निर्देशनदिए । ‘सम्पूर्ण बाटोहरू अवरुद्ध छ । मुलुकको अन्यक्षेत्रबाटकाठमाडौँ पुर्णरूपमा सम्पर्क विच्छेद भएको छ । यस अवस्थामाहामीले तपाईँहरूबाट के आशागर्छौ भने, तपाईँहरू सबै मिलेर कल्याणकारी काम गरेर सेवा गरौँ । नेपालमायस्तो अवस्थाआयो, धेरै जना घरबारविहीनभएको छ । हाम्रो तर्फबाट के हुन सक्छ । त्यसमाहामीलागौँ । अहिले मुख्य रूपमात्रिपाल, खाद्यान्नलगायतकाअत्यावश्यकवस्तुको उपलब्ध गराउनतिर लागौँ । त्यसपछिबाँकी के गर्ने भन्ने कुराहरू हुन्छ ।’मन्त्री सुडीले तत्कालजनतालाई बचाउनकालागिकाम गर्न आग्रहगरे । यसैबीचगतअसोज १० गतेदेखि परेको अविरल वर्षापछिभएको मानवीयतथाभौतिक सम्पत्तिको क्षतिको घटनामातत्कालआवश्यकउद्धार, राहततथापुनर्स्थापनाकार्यमा सहयोग पु¥याउन समाजकल्याण परिषद्ले राष्ट्रियतथाअन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संघसंस्थाहरूलाई आग्रह गरेको छ ।
 

आइतबार​ १३ असोज २०८१ ०५:५० PM मा प्रकाशित

प्रतिक्रिया