कोशीमा सरकार गठनका लागि सभामुखलाई राजीनामा गराउने तयारी

काठमाडौँ - नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका गठबन्धन दलहरू कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर नयाँ सरकार गठन गर्ने तयारीमा लागेका छन् ।

सभामुख गौतमलाई राजीनामा गराउन दलहरूले गौतमलाई तीव्र दबाब दिइरहेको बताइएको छ । तर, गौतमले भने तत्काल राजीनामा दिन आनाकानी गरिरहेका छन् ।

यदि माओवादीका तर्फबाट सभामुख बनेका गौतमले राजीनामा दिएर नयाँ सरकार गठनको व्यवधान हटाउने अवस्था आए सरकारको नेतृत्व कांग्रेसले नभइ माओवादी केन्द्रले गर्नुपर्ने वहस पनि दलहरूबीच सुरू भएको छ ।