images

सेयर बजार घट्यो, ४ अर्ब ५७ करोडको कारोबार  

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रह्यो । परिसूचक घटे पनि सेयर कारोबार निराशाजनक भने छैन । १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ । वाणिज्य बैंक उपसमूहमा २.९४ प्रतिशतले गिरावट आउँदा परिसूचक घटेको हो । २.६८ प्रतिशतले बढेको उत्पादन तथा प्रशोधन उपसमूहले बजार थामेको छ । यो सँगै होटल तथा पर्यटन, व्यापार र फाइनान्स उपसमूह बढेका छन् । म्युचुअल फण्ड स्थिर रह्यो भने १३ मध्ये ८ उपसमूहका सेयरमा गिरावट छ । ५६ कम्पनीको सेयरमूल्य बढ्दा चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो । सर्वाधिक कारोबार हुनेमा पोखरा फाइनान्स परेको छ । उक्त क्मपनीको १९ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १९ करोड २७ लाख, सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख, एनआरएन इन्फ्रस्ट्रक्चरको १० करोड २८ लाख र हाथवे इन्भेस्टमेन्टको १० करोड ३ लाखको सेयर कारोबार भएको छ । १९१ कम्पनीको सेयरमूल्य घट्दा बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक ९.४१ प्रतिशतको नोक्सानीमा रहे । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१, बाराही हाइड्रोपावर, एनएमबि बैंक घट्नेको सूचीमा छन् ।  

बुधबार १५ जेठ २०८१ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया