images

डलरस्थिर, पाउण्ड र युरोको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकलेसोमबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आजअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।डलरको मूल्य शनिबारदेखि स्थिर छ । आज युरो एकको खरिद दर१४२ रुपैयाँ २८पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसामा झरेको छ । आइतबार युरो एकको खरिद दर१४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो । 
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसा रहेको छ ।आइतबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसामा कारोबार भएको थियो । आज कतारी रियालको खरिद दर३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भैरहेको छ । 
 

सोमबार १६ बैशाख २०८१ ०८:१८ AM मा प्रकाशित

प्रतिक्रिया