images

ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वन्दो सिरिजमा अरुणिमाको उत्कृष्ट प्रदर्शन

भाद्र १२, काठमाडौं । मकाउमा आयोजित “ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वन्दो सिरिज” मा काठमाडौँको बौद्धमा अवस्थित अरुणिमा माध्यमिक विद्यालयका खेलाडी तथा प्रशिक्षकले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा अरुणिमा माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्र असिम श्रेष्ठले क्याडेट पुरुष ३६ के.जी. तौल समूहतर्फ रजत पदक जिते । श्रेष्ठ समग्रमा सर्वाेत्कृष्ट खेलाडी समेत घोषित भए । त्यस्तै महिला क्याडेट ४२ के.जी.मुनि र ५३ के.जी. तौल समूहतर्फ कक्षा ९ मा अध्ययनरत छात्राहरू क्रमशः विनिशा प्रधान र अञ्जली लामाले रजत पदक हासिल गरेका छन् । सोही विद्यालयकी तेक्वान्दो प्रशिक्षक मुना खवास मगरले सिनियर महिला ७३ के.जी.माथि समूहतर्फ रजत पदक जितेकी छन् । प्रतियोगिता यही भाद्र ८ र ९ मा आयोजना गरिएको थियो ।

बुधबार १२ भदौ २०८१ ०२:३१ PM मा प्रकाशित

प्रतिक्रिया