images

पेरिस ओलम्पिकः टेबलटेनिसमा श्यान्टु पराजित

काठमाडौं । पेरिस ओलम्पिक२०२४ को टेबलटेनिसमा नेपालका श्यान्टु श्रेष्ठ शनिबार पराजितभएका छन् । 
साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलकाइब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे ।
‘बेस्ट अफ सेभेन’ को खेलमाइब्राहिमले श्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए । इब्राहिमलाई जितनिकाल्न २४ मिनेट लागेको थियो । पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमापारेका इब्राहिमले दोश्रो र तेश्रो जित्न समान ५–५ मिनेट लगाएकाथिए । 
चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमाजिते । पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै इब्राहिमले जितहातपारेका थिए । बाँकी सेटको नतिजाभने इब्राहिमले सहजै आफ्नो पक्षमापारे । हारसंगै श्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन् ।
चारपटकका राष्ट्रिय च्याम्पियन श्यान्टु दक्षिण एसियाली खेलकुद ९साग० को एकै संस्करण मा ४ पदकजित्ने खेलाडी हुन् । नेपालमाभएको १३ औं सागमा श्यान्टुले टिम इभेन्टमा रजततथा सिंगल्स, डबल्स र मिक्स डबल्समा कांस्य जितेका थिए । 
पेरिस ओलम्पिकमा नेपालबाट सहभागी७ खेलाडी मध्ये श्यान्टु छनोट चरण पार गरेर खेल्ने एकलो खेलाडी हुन् । समग्रमाभने श्यान्टु छनोट हुँदै ओलम्पिक खेल्ने तेश्रो नेपाली खेलाडी हुन् । 
 

आइतबार​ १३ साउन २०८१ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया