images

आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठक, अर्थमन्त्रीले बजेट पेश गर्ने

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दैछ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट (वार्षिक राजश्व र व्ययको अनुमान) पेश गर्ने कार्यसूची छ । 
बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमतिनजिक पुगेकाले आजको बैठक सहज बातावरणमा सञ्चालन हुने कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए । 
‘सत्ता पक्ष र विपक्षका दलहरूको बैठक सहमतिउन्मुख छ । आज ११ बजे कार्यदलको बैठक बसेर त्यसलाई टुंगोमा पु¥याउँछौँ,’ उनले भने, ‘सरकारले बजेट ल्याउँछ । संसद् सहज बातावरणमा चल्छ ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकमा दलहरू करिब करिब सहमतिउन्मुख देखिएका थिए । आज बस्ने कार्यदलले त्यसलाई निष्कर्षमा पु¥याउने जनाइएको छ । 

मङ्गलबार १४ जेठ २०८१ ०१:५८ PM मा प्रकाशित

प्रतिक्रिया