images

बजेटमामार्सी धान र माछा करिडोरको नयाँ परियोजना

काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । 
संसदमा बजेट प्रस्तुतगर्दै मन्त्रीवर्षमानपुनले एकीकृत विकासको अवधारणाअनुसार नमुनाविकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरा–भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने बताए ।
यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमाऔद्योगिक ‘इकोसिस्टम’  निर्माण गरी औद्योगिकपुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने उल्लेख छ । गण्डकी त्रिभूजमापर्नेनिर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामीआर्थिक वर्षमा सम्पन्न गरिने र बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमाविस्तार गरिने बजेटमा उल्लेख छ ।
त्रिभूजकातीन वटै करिडोरमा औद्योगिकविकासकालागिआवश्यकयातायात सञ्जालविकास गरिने अर्थमन्त्रीपुनले जानकारी दिए । त्रिभूज परियोजनाअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्रीतथा हेभीउद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषितथाखाद्यप्रशोधनउद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसीप्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमाविकास गरिनेछ ।

परियोजनाकार्यान्वयकालागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिकमनोविनोद पर्यापर्यटन सेवातथा अनुसन्धानमुलकउच्चशिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचनाप्रविधिसम्बन्धी संस्थाविकासकालागिनिजी क्षेत्रको सहकार्यमा आवश्यकपूर्वाधार निर्माण गरिने सरकारको योजनाछ । यसपरियोजनालाई सार्वजनिकनिजी साझेदारीको नमुना परियोजनाका रुपमाविकास गरी कार्यान्वयन गर्न रु दुई अर्ब विनियोजन गरिएको अर्थमन्त्रीपुनले बताए ।
निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचाकरिडोरका रुपमाविकास गरिने बजेटमाउल्लेख छ । सार्वजनिकनिकायले नेपाली गलैँचाखरिद गर्नुपर्ने व्यवस्थामिलाइने छ । प्रदेश तथा स्थानीयतहको सहकार्यमा रुकुम र सल्यानको शारदा नदीआसपासकाक्षेत्रलाई कृषिकरिडोर, जुम्लाको हिमानदी र तिलानदीआसपासका क्षेत्रलाई मार्सी धानकरिडोर, बाराको कोल्वीदेखि सिम्रौनगढ सडक आसापासका क्षेत्रलाई माछा करिडोरका रुपमाविकास गरिने बजेटमाचर्चा गरिएको छ ।

मङ्गलबार १४ जेठ २०८१ ०७:२२ PM मा प्रकाशित

प्रतिक्रिया