images

राजस्व संकलनको लक्ष ८८ दशमलब १ प्रतिशत मात्रै  

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरेको छ ।  
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लक्षअनुसार यो वर्ष राजस्व संकलन नहुने बताएका हुन् । उनले लक्ष्यको तुलनामा ८८.१ प्रतिशत मात्र राजस्व संकलन हुने बताएका छन् । 
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको अर्थमन्त्री पुनले स्पष्ट गरे ।
 

मङ्गलबार १४ जेठ २०८१ ०४:१४ PM मा प्रकाशित

प्रतिक्रिया