images

युएनआरडब्ल्युए’लाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग

काठमाडौं । इजरायल–हमास युद्धका बीच अमेरिकासहित ६ देशले संयुक्त राष्ट्रसंघको एउटा एजेन्सीलाई आर्थिक सहयोग रोकेका छन् । इजरायलले युएनआरडब्ल्युएसंस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न भएको आरोप लगाएको थियो। त्यसपछि एजेन्सीले सबैलाई बर्खास्त गरेको थियो । युएनआरडब्ल्युएप्रमुख फिलिप लाजारिनीले एजेन्सीको प्रतिष्ठा जोगाउन सबैलाई बर्खास्त गर्ने निर्णय गरिएको बताए। यो एजेन्सी १९४८ मा स्थापना गरिएको थियो । हाल यो एजेन्सीले गाजा, वेस्ट बैंक, सिरिया, जोर्डन र लेबनानका ६० लाख मानिसहरूलाई सहयोग गरिरहेको जनाएको छ । यसको उद्देश्य आम नागरिकहरूलाई राहत सामग्री उपलब्ध गराउनु र उनीहरूलाई मद्दत गर्नु हो । हालसम्म अमेरिका, बेलायत, फिनल्याण्ड, क्यानडा, अष्ट्रेलिया र इटालीले युएनआरडब्ल्युएलाई आर्थिक सहयोग रोक्ने घोषणा गरिसकेका छन् ।

आइतबार​ १४ माघ २०८० १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया