कोशी प्रदेशका मन्त्रीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौँ - कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ ।

उनीविरूद्व अदालतको अवहेलना मुद्दा दर्ता भएको हो । अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

मन्त्री राजभण्डारीले एक कार्यक्रममा अदालतका न्यायाधीसले पैसा दिएर फैसला गर्ने गरेको भन्दै अभिव्यक्ति दिएका थिए । मन्त्री राजभण्डारीविरूद्व एक वर्ष कैद र दश हजार जरिवानाको माग दाबी गरिएको छ ।