बागमतीको प्रदेशसभा बैठकमा कस्ले गर्यो अवरोध ? 

हेटौंडा - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेपछि बागमती प्रदेशसभा बैठक स्थागित भएको छ ।

प्रदेश सरकारले एकलौटी ढंगमा बजेट ल्याएकोलगायत आरोप लगाउँदै एमाले र राप्रपाले प्रदेशसभा बैठकमा अवरोध गरेको हो । आज बजेटमाथि छलफल गर्नका लागि बैठक डाकिएको थियो । बागमती सरकारले असार १ गते आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिकको थियो ।