नागोयामा तेस्रो नेपाल फेस्टिभल हुदैं 

नागोया, जापान । जापानको नागोयामा तेस्रो नेपाल फेस्टिभल हुने भएको छ । गैरआवसिय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति नागोया तथा आदिवासी जनजाती महासंघ जापानको मूख्य सह-आयोजना नागोया स्थीत नेपाली संघ संस्थाहरुको सहकार्यमा  यही जुन ८ र ९ तारिकमा हुन लागेको बताएइको छ ।

नेपाल र नेपालीको पहिचानलाई विदेशी समुदायमा चिनाउने उदेश्यले आयोजित तेश्रो नेपाल फेस्टिवल नागोया भव्य रुपमा आयोजनाको तयारी गरीरहेको एनआरएनए क्षेत्रीय समिति  नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाली खाना तथा नेपालमा उत्पादन भएका विभिन्न खाध्य सामाग्री तथा नेपाल झल्काउने सामानहरुको स्टल राखिने छ । नेपाली पन्चेबाजा, विभीन्न जातजातीको पहिचान भल्काउने झाँकीहरु प्रर्दशन गरिने एवं नेपाली परम्पराअनुसारको विबाह पनि देखाइने एनआरएनए क्षेत्रीय समिति नागोयाका सचिव प्रतिक कार्कीले जानकारी दिनु भयो । फेस्टिभल सफलतापूर्वक सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर काम गरिरहेका कार्कीले बताउनु भयो ।

जापान स्थित जाईका, आईचि प्रिफेक्चर सरकार, सीटी अफ नागोया लगायतका संघ संस्थाहरुको सहयोग तथा सहभागिता रहने फेस्टिभल संयोजक देव घिमीरेले बताउनु भयो ।