बागमती प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने, तालिका सार्वजनिक

काठमाण्डौँ - बागमती प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस, २०८० विविध कार्यक्रमहरू गरी मनाउने तय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गङ्गानारायण श्रेष्ठले जेठ १४ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने तालिका सार्वजनिक गरेका छन् । सरकारले जेठ १४ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्नेछ ।

यस्तै जेठ १५ गते बिहान हेटौँडाको बुद्धचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणसम्म प्रभातफेरि आयोजना गर्ने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा गणतन्त्र दिवस, २०८० विशेष समारोहमा प्रदेश प्रमुखबाट सम्बोधन हुने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताए ।