images

सरकारले संघीयता र समावेशीतालाई दृढतापूर्वक कार्यान्वयन गर्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । दुई ठूला राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पु¥याउने  र मुलुकलाई समृद्ध बनाउने वर्तमान सरकारको अठोट र प्रतिवद्धता रहेको गृहमन्त्री लेखकको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमवार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा बोल्दै उहाँले सरकारले संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने लक्ष्यलाई सुदृढतापूर्वक कार्यान्वयन गर्ने र अघि बढाउने उद्देश्य लिएको बताउनु भयो । गृहमन्त्री लेखकले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सक्ने नेतृत्वको रुपमा मुलुकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘मुलुकमा दिगो शान्ति स्थापनाका लागि, मुलुकमा शुसासनको प्रत्याभुति गर्नका लागि, मुलुकमा विकास, निर्माणको काम अघि बढाउनका लागि र समग्रमा भन्नुपर्दाखेरी मुलुकमा समृद्धि ल्याउनका लागि हामी अगाडि बढेका छौं । र यो सरकारको मुख्य उद्देश्य भनेको सरकारको स्थायित्व, अर्थतन्त्रमा देखिएको शिथिलतालाई क्रियाशील गर्दै आर्थिक विकास, विकास, निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउने, भ्रष्टाचार नियन्त्रण गरेर मुलुकमा सुशासन कायम गर्ने, विधिको शासन स्थापित गर्ने र समग्रमा भन्नुपर्दा संविधान र यो व्यवस्थाले अवलम्वन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने हाम्रो लक्ष्यलाई सुदृढतापूर्वक कार्यान्वयन गर्ने, अघि बढाउने उद्देश्यका साथ यो सरकार बनेको हो । र, एउटा बहुत राम्रो अवसर र संयोग पनि छ । देश भित्र र अन्तर्राष्ट्रिय जगतमा पनि एउटा विश्वास प्राप्त केही गर्नसक्छ भन्ने एउटा विश्वास गरिसकेको नेतृत्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीले यो सरकारको नेतृत्व गरिराख्नुभएको छ । त्यसो भएको हुनाले यो सरकारको निरन्तरता र दुई वटा राजनीतिक दलको बीचमा भएको राजनीतिक सहमती अनुसार राजनीतिक गतिलाई निष्कर्षमा पु¥याउने हाम्रो अठोट, हाम्रो प्रतिवद्धता छ । र त्यही ढंगले हामी मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्यसम्म देशलाई पु¥याउनका लागि हामी त्यही ढंगलेअघि बढछौं । र हाम्रा सहमती अनुसार हामी निष्कर्षमा पुग्छौं । मैले यति यसकारण निवेदन गरिराखेको छु कि फेरि मैले प्रारम्भको निवेदन गरेको एउटा कुरा जोडन चाहन्छु सरकारले यसरी सेवा प्रदान गर्ने क्रममा महत्वपूर्ण सेवा प्रदान गर्ने निकाय भनेको नेपाल प्रहरी । त्यसकारण तपाईहरुले जनतालाई गर्ने सेवा प्रदानमा कुनैपनि किसिमको कमीकमजोरी नहोस् ।’
 

सोमबार १० भदौ २०८१ ०३:०५ PM मा प्रकाशित

प्रतिक्रिया