पहिलो एभरेष्ट फुड एण्ड कल्चर फेस्टा २०२४ को तयारी पुरा

ओसाका, जापान । जापानको ओसाकामा पहिलो पटक हुन लागेको पहिलो एभरेष्ट फुड एण्ड कल्चर फेस्टा २०२४को तयारी पुरा भएको छ। नेपाल र नेपालीको पहिचान कला, संस्कृतीलाई जापानी समुदायमा चिनाउने उदेश्यले यही जुलाई २७ तारिक शनिबारका दिन एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४, ओसाकामा भव्य रुपमा आयोजना गर्न लागेको आयोजक संस्थाले जानकारी दिएको छ । फेस्टामा करिब २० ओटा स्टलहरु रहने छन जसमा खाना, रेमिट्यान्स, ट्राभल एजेन्सि, नेपाली कपडा, सूचना डेक्स लगाएतका स्टलहरु रहने बताइएको छ ।  

पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ नाम दिएको उक्त कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना तथा तामाङ समाज जापान कान्साई समितिको सह-आयोजना एवं गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सर्पोटमा र जापानमा रहेका विभिन्न नेपाली समाजहरुको सहकार्यमा हुन लागेको हो ।

कार्यक्रमा त्यसका अलावा नेपाली कला संस्कृती झल्कने खालका नृत्य, गित, संगित तथा विभिन्न मनोरन्जनका खेलहरु पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ । ओसाकामा पहिलो पटक आयोजना भएको हुनाले यस कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नको लागि सबै संघ, संस्था तथा नेपाली समाज तथा जापानमा बस्ने नेपालीहरुले सहयोग गर्नू पर्ने व्यवस्थापक लाक्पा दोङले बताउनु भयो । कार्यक्रमबाट बचत भएको रकमले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने पनि व्यवस्थापक दोङले जानकारी दिनु भयो ।