काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्। पहिरो गएको ९ घण्टा हुनलाग्दा समेत खोजी र उद्दारका लागि अझै घटनास्थलमा प्रहरी पुगेको छैन ।
क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा भारी वर्षापछि बुधबार बिहानकरिब १ बजेतिर गएको पहिरोले तीन वटा घर बगाएको हो। सोही पहिरोमा परी मित्रमान गुरुङको परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले जानकारी दिए ।
बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ, उनको बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, र जातिनी द्वय ७ वर्षीया इच्छा गुरुङ र ५ वर्षीया नम्रता गुरुङ रहेको घलेले जानकारी दिए ।
उनले भने, ‘पहिरोमा चार जना बेपत्ता हुनुभएको छ । स्थानीयले खोजीकार्य गरिरहेका छन् । प्रहरीहरु उद्दारका लागि बिहानै हिँडिसक्नुभएको छ, बाटोमा आउँदै हुनुहुन्छ, यहाँ आइपुग्नु भएको छैन ।’उनले थपे, ‘गएरातिको पानीले ठाउँठाउँमा सडक बगाएको रहेछ, गाडी आउजाउ गर्न नसक्ने भएर ढिला भएको जानकारी दिनुभएको छ ।’
पहिरो करिब तीन सय मिटर लामोपहिरोमास्थानीय मित्र घले, मित्रमान गुरुङ र होमबहादुर गुरुङको घर बगाएको हो ।
घलेका अनुसार घटनास्थलको करिब ३२ किलोमिटरको दूरीमा प्रहरी कार्यालय पर्छ
प्रतिक्रिया