शेयर बजार ११.६९ अंकले बढ्यो, ५ अर्ब ३१ करोडको कारोबार

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ ।

 ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६६ अंकले बढेर ३९९.११ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७९ कम्पनीको १ करोड १९ लाख ०३ हजार ६८७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।