धुर्मुस सुन्तलीको फिल्म  ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक

काठमाडौँ - धुर्मुस सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे अभिनित र निर्देशित वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मको कथा धुर्मुस सुन्तलीले नै लेखेका हुन् ।

‘म त मर्छु कि क्या हो’ कोरोना भाइरसको लकडाउनको समयमा दर्शकले घरमै बसी मनोरञ्जन लिन सकून् भनेरविशेषतः ओटीटी प्लाटफर्मको लागि मात्र भनी तयार पारिएको थियो । तर, अब भने दर्शकले यो फिल्म यूट्यूबमा हेर्न पाउने भएका छन् ।

‘म त मर्छु कि क्या हो’ धुर्मुस सुन्तलीकै अफिसियल यूट्युब च्यानल ‘धुर्मुस सुन्तली यूट्युब’मार्फत आज सार्वजनिक गरिएको छ । फिल्ममा धुर्मुस सुन्तलीबाहेक रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, वलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्प आचार्य, सुशीला थापालगायतका कलाकारको अभिनय छ ।