बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने

काठमाण्डौँ - नेपाली कविताका शिखर–साधक एवं मूर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवं मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदानबापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।