images

युरोपालिगमा फ्राङ्कफटको कठिन जीत

काठमाडौं । युइएफए युरोपालिगमा इन्टरिज फ्राङ्कफर्टले लाटभियाली क्लब रिगास एफएस (आरएफएस)लाई १–० गोलको कठिन जितदर्ता गरेको छ । बिहीबार रातिभएको खेलमामुख्यप्रशिक्षक डिनो टपमोलरले बायर लेभरकुसेनसँगको २–१ को हारपछि आफ्नो टोलीमा चार परिवर्तन गरेका थिए ।  समर साइनिङ क्यानउजुनले आफ्नो पहिलो डेब्यु गरे भने ओरले एमेन्डा, मो डाहुड र इगोर मातानोभिक पनि सुरुवाती खेलाडीको रूपमाआएकाथिए । आर्थर थिएटे, ह्युगो लार्सन, मारियो गोट्जे र ह्युगो एकिटिकेलाई विश्रामदिइएको थियो । फ्राङ्कफर्ट सिटी फरेस्टमा उपस्थितभएका समर्थकहरूले पहिलो हाफमाखासै रोचक खेल देख्न पाएनन् । फ्राङ्कफर्टले बल नियन्त्रण गरे पनिआरएफएसको उत्कृष्ट डिफेन्स गरेको थियो । खेलको १५औं मिनेटमा दुबै टिमले पहिलो अवसर पाएकाथिए । जहाँ एडम मर्खियेभको प्रहार गोलको माथिबाट बाहिरियो भने अर्को छेउमा ओमार मर्मोसलाई गोलरक्षक फाब्रिस ओन्डोआले रोकिदिएकाथिए । ३३औंमिनेटमा मातानोभिकले लामो दूरीबाट प्रहार गरे पनि बल पोस्ट नजिकैबाट बाहिरियो । जुनियर डिना एबिम्बेले पनि सीधागोलरक्षक ओन्डोआतर्फ प्रहार गरे । पहिलो हाफगोलरहितअवस्थामा टुंग्एिको थियो । दोस्रो हाफको सुरुवातमालार्सनलाई दाहुडको स्थानमा मैदानमाउतारियो र फ्राङ्कफर्टले थपआक्रामक खेल प्रदर्शन गर्न थाल्यो । खेलको ४८औंमिनेटमा तुताले गोल गरे पनि अफसाइडका कारण मान्यतापाएन ।
आरएफएसले काउन्टरमा केही मौका सिर्जना ग¥यो, जहाँ केभिन ट्रापले जानिस इकाउनिक्सको प्रयासलाई रोक्दै उत्कृष्ट बचाउ गरे । ७९औं मिनेटमा फ्राङ्कफर्टले गोलको खडेरी तोड्यो । मर्मोसले लार्सनलाई दिएको पासमागोल भएको थियो । आरएफएसले तुरुन्तै बराबरीको मौका पाएपनिमार्कियेभको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । यो जीतसँगै फ्राङ्कफर्टले तीन खेलमा सात अंकपुर्याएको छ ।
 

शुक्रबार​ ९ कात्तिक २०८१ ०७:४९ AM मा प्रकाशित

प्रतिक्रिया