images

नेप्से सामान्य अंकले घट्दा पनि आधा दर्जन हाइड्रोमा सकारात्मक सर्किट, ३ दिनमै कारोबार आधा

काठमाडौं। सोमबार सेयर बजार सामान्य अंकले घट्दा आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। जलविद्युत कम्पनीका सेयरमा बाक्लिएको मागले नेप्से सूचकलाई धेरै झर्न दिएन। उपसमूह झन्डै एक प्रतिशतका दरले बढेको छ। त्यहीँ नेप्से सूचक ५.८९ अंकले ओर्लियो।पोजिटिभ सर्किट लाग्ने आधा दर्जन कम्पनीमध्ये प्राय हाइड्रोकै सेयर छन्। माई खोला, एसियन हाइड्रो, मन्दाकिनी, इस्टर्न र हिमालय ऊर्जा गरेर पाँच कम्पनीका सेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिन्छ।दुई हजारको मनोवैज्ञानिक विन्दुमा टेवा लिए लगत्तै सूचक माथि धकेलिएको हो। नेप्से २००४.४५ को विन्दुमा कायम छ। गत साता बढेर २०४० पार गरिसेको थियो।बजारमा सामान्य उतारचढाव जारी रहे पनि कारोबार ह्वात्तै सेलाएको छ। पछिल्लो तीन दिनमै सेयर किनबेच आधा घटेको छ। सोमबार डेढ अर्बको कारोबार मात्रै भयो। जबकि गत साता बिहीबार कारोबार रकम ३ अर्ब २७ करोड नाघेको थियो।

सोमबार ८ असोज २०८० ०६:१५ PM मा प्रकाशित

प्रतिक्रिया