आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

 काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिददर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रूपैयाँ ८८ पैसा र बिक्री दर १४२ रूपैयाँ ५३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रूपैयाँ ३१ पैसा र बिक्री दर १६४ रूपैयाँ ०५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।